दफा १९
आयोडिनयुक्त नून सम्बन्धी सूचना र शिक्षा
: (१) पढ्न, सुन्न र देख्न सकिने आयोडिनयुक्त नून सम्बन्धी उपयोगी सूचना तथा शैक्षिक सामाग्रीको प्रचार प्रसार गर्ने स्वीकृति मन्त्रालयले दिनेछ ।
(२) उपदफा (१) बमोजिमको आयोडिनयुक्त नून सम्बन्धी सूचना तथा शैक्षिक सामाग्रीहरु देहायका कुराहरुको बारेमा स्पष्ट जानकारी दिनेकिसिमको हुनु पर्नेछः–
(क) मानव तथा पशु स्वास्थ्यको लागि आयोडिनयुक्त नूनको आवश्यकता र महत्व,
(ख) आयोडिनयुक्त नूनको प्रयोगबाट हुने फाइदा,
(ग) आयोडिन नभएको नून खाँदा वा खुवाउँदा मानव तथा पशु स्वास्थ्यमा पर्न सक्ने असर,
(घ) आयोडिनयुक्त नून र आयोडिन नभएको नूनको मूल्यमा पर्ने अन्तर,
(ङ) आयोडिनयुक्त नूनमा मिश्रित आयोडिन नासिन, हराउन वा उड्न नदिने उपाय तथा त्यसको लागि अपनाउनु पर्ने प्रविधि ।
(३) उपदफा (२) बमोजिमको सूचना तथा शैक्षिक सामाग्रीमा ठीक र उपयोगी जानकारी मात्र हुनु पर्नेछ र आयोडिन नभएको नूनको उपभोग गर्ने तर्फ निरुत्साहन दिने खालको हुनु पर्नेछ ।